माल्दिभ्सलाई जम्मा १३ रनमा अलआउट गर्दै महिला टी–ट्वान्टीमा नेपालको कीर्तिमानी जित

Advertisement

काठमाडौं । माल्दिभ्सलाई जम्मा १३ रनमा अलआउट गर्दै महिला टी–ट्वान्टीमा नेपालको कीर्तिमानी जित हासिल गरेको छ । मलेसियाको बाँगीमा मंगलबार भएको एसीसी वुमन्स प्रिमियर कपमा नेपालले ऐतिहासिक जित हासिल गरेको हो । 

नेपालका दुई ब्याटर रुविना क्षेत्री र पूजा महतोको कीर्तिमानी ब्याटिङ्गमा नेपालले यो जित हासिल गरेको हो । जितका लागि २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमै अल आउट भएपछि नेपाल २१४ रनले विजयी भयो । जितसँगै नेपाल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । 

Advertisement

खेलमा समूह डी बाट नेपाल अपराजित रहँदै क्वाटरफाइनलमा पुगेको छ । अब नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । 

Advertisement