लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ प्रिमियरले बोलायो साधारणसभा

Advertisement

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । कम्पनीको साधारणसभा यही फागुन ३० मा बस्नेछ । 

सभाले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सो सभाले पारित गर्नेछ ।

Advertisement

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले फागुन ११ गते बुक क्लोज गर्ने भएको छ। अतः फागुन १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Advertisement