बोनस वितरणपछि हकप्रद जारी गर्ने प्रस्तावसहित हिमालयन रि-इन्स्योरेन्सले डाक्यो साधारणसभा

Advertisement

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सले बोनस शेयर प्रस्ताव पारित गर्न फागुन २० गते वार्षिक साधारणसभा बोलाएको छ ।

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा गत आवको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ बताइएको छ । 

Advertisement

त्यसैगरी, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । बोनस शेयर वितरणपश्चात्र कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पनि साधारणसभामा पेस हुनेछ । 

सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

Advertisement