‘म आएपछि गरिव र विपन्नले उपचार पाउने क्रम बढेको छ, अब कोही उपचार नपाएर मर्नुपर्दैन’

Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफू आएपछि अहिले गरिव र विपन्नहरुले उपचार पाउने क्रम बढिरहेको दाबी गरेका छन् । 

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल सेवा बिस्तार तथा अध्ययन अनुसन्धान भवन उद्घाटनका क्रममा बुधबार उनले अबका दिनमा कोही पनि नेपालीहरु पैसा नभएको र गरिव कुलमा जन्मिएका कारणले स्वास्थ्य उपचार नपाएर मर्न नदिने प्रतिवद्धता जनाए । 

Advertisement

संविधानमा लेखिएका नागरिकका मौलिक अधिकारलाई सुनिश्चित गर्न आवश्यक रहेको बताउँदै बस्नेतले भने, ‘निःशुल्क उपचार गरिदिनुप¥यो भन्नेकुरा नेतादेखि लिएर धेरै खालका मानिसले भन्न आउँछन् । निःशुल्क कसरी गर्ने ? त्यसका लागि चाहिने उपकरण, अरु खर्च कसरी धान्ने र त्यो असपतालमा त्यो रकम छ की छैन, त्यो खालको सुविधा दिनलाई भन्नेमा साँच्चै भन्दा अमुक छ । तर संविधानमा लेखिसक्यौँ, शिक्षा र स्वास्थ्य नेपाली नागरिकहरुको मौलिक अधिकार हो । भाषण गर्दा हामी थाक्दैनौँ । तर त्यो कसरी गर्ने भन्ने थाहा छैन । म आएपछि केही व्यवस्थित गरेका छौं ।’

उनले थपे, ‘अस्पताल इक्विपमेण्टहरु खरिदका लागि सरकारले भन्सार छुट दिएको छ । त्यो सुविधा दिएबापत उहाँहरुले पनि सम्बन्धित अस्पतालहरुले सहयोग गर्नुपर्ने हो, सहयोग गरेको अवस्था थिएन । यसलाई हामीले अलि व्यवस्थित गरेका छाँै । अहिले सातै वटा प्रदेशमा स्थानीय सरकार, प्रादेशिक सरकार र संघ सरकारको पहलमा धेरै कार्यक्रमहरु गर्दै हिँडेका छौँ । प्रादेशिक अस्पतालका जनरल बेडहरु सबै निःशुल्क भएका छन् । अहिले गरिव विपन्नहरुले उपचार पाउने क्रम अलि बढिरहेको छ । संविधानमा लैख्ने एउटा कुरा, चाहे शिक्षा वा स्वास्थ्य होस् । त्यो कार्यान्वयन हुनुपर्छ । अब उप्रान्त पैसा नभएको र गरिव कुलमा जन्मिएका कारणले स्वास्थ्य उपचार नपाएर कोही नेपाली मर्दैनन् ।’

Advertisement