एनएलजी इन्स्योरेन्सको एजीएम आज, लाभांश पारित गरिने

Advertisement

काठमाडौं । एनएलजी इन्स्योरेन्सको  १८ औं वार्षिक साधारणसभा आज (बिहीबार फागुन ३) साधारण सभा बस्ने भएको छ । 

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२८५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी प्रस्ताव पारित गर्ने योजना रहेको कम्पनीले जनाएको छ । 

Advertisement

त्यसैगरी चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गरिसकेको छ । अतः माघ २४ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।   

Advertisement