युनाइटेड अजोडका डेपुटी सीईओ खत्रीद्वारा राजीनामा, भन्छन् : निवृत्त जीवन आनन्दले बाँच्छु

Advertisement

काठमाडौं । तत्कालीन अजोड इन्स्योरेन्स कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा हालको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका (नायब प्रमुख कार्यकारी अधिकृत) डेपुटी सीईओ कुमार बहादुर खत्रीले पदबाट राजीनामा दिएका छन् । 

सात वर्षदेखि अजोड इन्स्योरेन्समा आबद्ध खत्रीले राजीनामा दिएका हुन् । 

Advertisement

‘मैले सञ्चालक समितिलाई राजीनामा बुझाइसकेको छ,’ कर्पोरेट नेपालसँग खत्रीले भने ।

अबको योजना भनेको निवृत्त जीवन बाँच्ने रहेको उनले बताए । ‘उमेरमा ६ दशक लागें, करिब तीन दशक इन्स्योरेन्स क्षेत्रमा काम गरेँ,’ उनले भने, ‘अब बाँकी जीवन आनन्दले बिताउने योजनामा छु ।’

गत वर्ष अजोड इन्स्योरेन्स कम्पनीमा युनाइटेडमा मर्ज भएपछि भागबन्डा डेपुटी सीईओमा रहेर काम गर्दै आएका थिए । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तीर्ण खत्री करिब तीन दशकदेखि नेपाली बीमा क्षेत्रमा कार्यरत रहँदै आएका छन् ।

नेपाल इन्स्योरेन्स कम्पनीबाट विकास अधिकृतबाट बीमा क्षेत्रमा प्रवेश गरेका खत्री तत्कालीन एनबी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स हुँदै अजोड इन्स्योरेन्स हुँदै पछिल्लो समय युनाइटेड अजोड इन्स्योरेन्समा कार्यरत थिए । 

Advertisement