आज पुनः पत्रकार सम्मेलन गरी बजेटको अर्धवार्षिक समीक्षाबारे पत्रकारलाई पाठ पढाउँदै अर्थमन्त्री
प्रतीकात्मक तस्बिर ।

Advertisement

काठमाडौं । चार दिनअघि अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्ष २०८०/०८१ को बजेटको अर्ध वार्षिक समीक्षा गरे ।

समीक्षापछि पर्याप्त समय नहुँदा पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले राम्रोसँग व्याख्या गर्न पाएनन् । त्यहीअनुसार सबैजसो सञ्चारमाध्यममा नकारात्मक समाचार प्रकाशित भए । तर, पत्रकारले बजेटको अर्धवार्षिक समीक्षा र व्याख्या नबुझेको अर्थमन्त्री महतको बुझाइ छ ।

Advertisement

यही कारण आज पुनः दोहोर्याएर पत्रकार सम्मेलन गरी पत्रकारलाई पाठ पढाउने भएका छन् । 

मन्त्रालयले आज बिहान १० बजे पत्रकार सम्मेलन गर्ने भएको छ । सम्मेलनमा पत्रकारसँग गम्भीर छलफल हुने बताइएको छ । 

Advertisement

Advertisement