आगामी बजेट सिलिङ १८ खर्ब, ‘प्रधानमन्त्रीसंग सम्बन्ध बिग्रेको छैन’: अर्थमन्त्री महत

Advertisement

काठमाडौं । आगामी बजेट सिलिङ १८ खर्ब तोकिएको छ । राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालयलाई सो बराबरको सिलिङ दिएको हो । 

बजेटको अर्धवार्षिक समीक्षाबाट २ खर्ब २१ अर्ब बजेट संशोधन भएको छ । अर्थमन्त्री महतले यो घटेको नभई संशोधित अनुमान भएको मन्त्री महतले बताए । 

Advertisement

संसदले पारित गरेको बजेट प्रधानमन्त्रीको अनुमति बिना घटेको भन्ने सन्देश गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । ‘प्रमसँग मेरो सम्बन्ध राम्रो छ । तर बाहिर धेरै टिका टिप्पणी  भैरहेको छ ।’ मन्त्री महतले भने– मेरो सम्बन्ध राम्रो छ । तर बाहिर हल्ला अर्कै छ ।’ 

बजेट सिलिङको बिषयमा प्रधानमन्त्री र अर्थमन्त्रीबीच ठूलो विवाद रहँदै आएको थियो । प्रधानमन्त्रीले २० खर्ब भन्दा ठूलो बजेट ल्याउन योजना बनाएका थिए । तर, अर्थमन्त्रीले स्रोत नपुग्ने भन्दै घटाउन दबाब दिएका थिए ।

Advertisement

Advertisement