गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स भेटघाट कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्यूब आयल लिमिटेडले आफ्ना  रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंगको भेटघाट तथा छलफल कार्यक्रम भव्यताका साथ जनकपुरमा सम्पन्न गरेको छ । 

नेपाल ल्युब आयल लिमिटेडका आधिकारिक डिलर न्यू पुष्पा इन्टरप्राइजेज र जयसवाल ट्रेडर्ससंगको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा १६० भन्दा बढी नयाँ बिक्रेता र मेकानिक्सहरुले सहभागिता जनाएका थिए । 

Advertisement

कार्यक्रममा प्रमुख अतिथि जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, अतिथि जनकपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष  अम्भुप्रसाद साह र नेपाल ल्युब आयल लिमिटेडका सेल्स र मार्केटिङ विभागका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो । 

बिगत ६ वर्षदेखि डिलरको रुपमा जनकपुर र जलेश्वर क्षेत्रमा विक्री वितरण गर्दै आइरहेका न्यु पुष्पा इन्टरप्राइजेज र जयसवाल ट्रेडर्सले यस क्षेत्रमा गल्फ लुब्रिकेन्टको माग अत्यधिक रहेको र ग्राहकहरुको पहिलो रोजाइमा रहेको बताएका छन् । 

कार्यक्रममा नेपाल ल्यूब आयलका प्रादेशिक बजार व्यवस्थापक दिनेश यादवले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको  बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए । 

कार्यक्रममा गल्फ लुब्रिकेन्टका रिटेलर जानकी मोटर स्पेयर र सुजित एंड सुमित अटोलाई बेस्ट सेलर अवार्ड प्रदान गरेको थियो । साथै आगामी दिनमा पनि सेल्सको आधारमा सो अवार्ड प्रधान गरिने कम्पनीले जनाएको छ ।  
 

Advertisement