चलचित्र क्षेत्रको विकास नहुनुको कारण चलचित्र ऐन पास नभएर होः भुवन केसी

Advertisement

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण चलचित्र ऐन पास नहुनु रहेको बताएका छन् । आईतवारबाट मकवानपुरमा आयोजित कार्यक्रममा उनले अहिलेसम्म चलचित्र क्षेत्र विकास हुन नसक्नुको जड चलचित्र ऐन पारित नहुनु रहेको बताए । 

अहिले विकास बोर्डले विभिन्न समस्या केलाएर चलचित्र ऐनको अन्तिम ड्राफ्ट तयार पारेको बताउँदै केसीले पहिला पनि मन्त्रालयमा ऐन पठाइएकोमा चलचित्रको स्वायत्तताको विषयमा काटिएर आएका कारण पुनः पठाउने तयारी गरेको बताए । उनले नयाँ ड्राफ्टमा स्वायत्तताको मागलाई प्राथमिकतामा राखिएको जिकिर गरे । 

Advertisement

भुवन केसीले भने, ‘चलचित्र विकास बोर्डमा म गएको दिनदेखि मैले महशुस गरेको कुरा के हो भने चलचित्र क्षेत्र धेरै अगाडि बढिसक्नुपर्ने थियो । त्यो अहिलेसम्म अगाडि बढ्न नसक्नुको जड कारण मैले बुझेको अहिलेसम्म चलचित्र ऐन पास नहुनु नै मुख्य कारण हो । किनभने त्यो ऐनभित्र विभिन्न समस्याहरुको समाधान त्यसमा खोजिएको छ । यसपालि हामीले चलचित्र ऐन, मन्त्रालयमा अन्तिम ड्राफ्ट तयार पारेर पठाएका छाँै । सरोकारवालाहरुको सरसल्लाह बमोजिम पठाएका छौँ । पहिला पठाएको ड्राफ्टमा चलचित्रको स्वायत्तताको विषयमा काटिएर आएको रहेछ । चलचित्र विकास बोर्ड स्वायत्त हुँदैन भने त्यसले धेरै काम गर्न सक्दैन भनेर हामीले विभिन्न निकायहरुले स्वायत्तताको मागलाई प्राथमिकतामा राखेर नयाँ ड्राफ्ट तयार पारेका छाँै ।’

अध्यक्ष केसीले चलचित्र विकास बोर्डलाई दिइएका अधिकार प्रयोग गरेर राम्रो कामहरु अघि बढाइरहेको बताए । 

Advertisement

Advertisement