एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ टोली क्यानडा-११ सँग पराजित

Advertisement

काठमाडौँ । एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ टोली क्यानडा-११ सँग चार विकेटले पराजित भएको छ । 

माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले प्रस्तुत गरेको दुई सय १७ रनको लक्ष्य क्यानडाले ४९ दशमलव तीन ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । क्यानडाका लागि नवनीत धलिवालले सर्वाधिक ८० रनको योगदान दिए । उनले ७६ बल खेल्दै १० चौका र दुई छक्का प्रहार गरे । 

Advertisement

यसैगरी निखिल दत्तले ११५ बलमा पाँच चौका र एक छक्काको मद्दतमा अविजित ६७ रन बनाए । कप्तान साद बिन जफरले २३, श्रेयस मोम्भाले अविजित २२ तथा दिलप्रित बाज्वाले १० रन बनाए ।

बलिङतर्फ नेपाल ‘ए’ का लागि साहब आलमले दुई तथा रासिद खान, बसिर अहमद, प्रतिश जिसी र सागर ढकालले एक एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ले निर्धारित ५० ओभरको खेलमा आठ विकेट आठ गुमाउँदै दुई सय १६ रन बनायो । नेपाल ‘ए’ का लागि बसिर अहमदले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतमा अविजित ५० रनको योगदान दिए । यसैगरी रासिद खानले ४०, मयन यादवले ३५, किरण ठगुन्नाले २५, विवेक यादवले २१ र सन्दीप जोराले १४ रन बनाए ।

बलिङतर्फ क्यानडका लागि साद बिन जाफले तीन, ईश्वरजीत सोधीले दुई तथा डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले एक एक विकेट लिए । उक्त शृङ्खलाको दोस्रो खेल यही फागुन ८ गते हुनेछ ।

Advertisement

Advertisement