बजाज पल्सरको नेपालकै सबैभन्दा ठूलो ‘कम्युनिटि राइड’– ‘हन्ड्रेड एनएस राइड’ सम्पन्न

Advertisement

काठमाडौँ । बजाज मोटरसाइकलको नेपालको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज पल्सर ‘हन्ड्रेड एनएस राइड’ सम्पन्न गरेको छ । सय वटा बिरुवा रोप्ने उद्देश्यसहित सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकहरुलाई समेटेर ‘हन्ड्रेड एनएस राइड’ आयोजना गरेको कम्पनीको भनाई छ  । 

कम्पनीले विश्व सिमसार दिवसको अवसर पारेर गरेको उक्त ‘राइड’ कार्यक्रममा उदयपुर कटारीमा रहेको सिसाघारी सिमसार क्षेत्रमा सयभन्दा धेरै फलफूलको बिरुवा वृक्षारोपण गरेको छ । सयभन्दा धेरै एनएस ग्राहकहरु सहभागी यो राइडमा जनकपुर, धनुषाधाम, यदुकुवा, जलेश्वर, मिर्चैया, गोलबजार, राजविराज, बर्दिबास, गाइघाट, लहानलगायतका विभिन्न स्थानका राइडरहरु सहभागी थिए । 

Advertisement

उक्त कार्यक्रममा सहभागी सबै राइडरहरुले वृक्षारोपण गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक खेलमा भाग लिएका थिए । खेलका विजेताहरुलाई कम्पनीले उपहारस्वरुप फुल हेलमेट प्रदान गरेको थियो । उक्त ‘राइड’मा ५० वर्षभन्दा बढि उमेर समहूका ‘राइडर’हरुको समेत सहभागिता रहेको थियो भने महिला राइडरको समेत सहभागिता रहेको कम्पनीको भनाई छ । 

‘हन्ड्रेड एनएस राइडर्सको एउटै उद्देश्य’ नाराका साथ आयोजना गरेको यो कार्यक्रम नेपालको सबैभन्दा ठूलो ‘कम्युनिटि राइड’ भएको हंशराज हुलासचन्द एण्ड कम्पनीको भनाई छ । मोटरसाइकल बिक्रेता कम्पनीले गरेको सम्भवतः यो सबैभन्दा ठूलो ‘राइ’ इभेन्ट’ हो भन्दै कम्पनीले यसमा सहभागीहरुले आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिएको जानकारी दिएको छ । कम्पनीले यसलाई आगामी दिनमा अझै परिस्कृत गरेर लाने बताएको छ । 

Advertisement