कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भयोः आयोजक

Advertisement

काठमाडौं । आईतवारदेखि शुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको आयोजकद्वय एसएस एभेन्ट्स प्रालि र नेकोसले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 

एएस एभेन्ट्स प्रा.लि.का निर्देशक सुमित रौनियारले पूरा भएको जानकारी दिए । पत्रकार सम्मेलनमा समूह विभाजनसँगै ट्रफी र जर्सी सार्वजनिक गरिएको थियो । एएस एभेन्ट्स प्रालीका निर्देशक रौनियार, प्रतियोगिता निर्देशक प्रवीन जोशी र नेकोसका महासचिव धरमबहादुर लामाले संयुक्त रूपमा ट्रफी र अन्य अतिथिले जर्सी सार्वजनिक गरेका हुन् । 

Advertisement

पाँच ओभरमा खेलाइने प्रतियोगिता मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा हुने भएको छ । यस संस्करणमा कुल १५ कर्पोरेट हाउसले प्रतिष्पर्धा गर्नेछन् भने ती टोलीलाई कुल चार समूहमा विभाजन गरिएको छ । 

तीन समूहमा समान चार टोली रहनेछन् । एक समूहमा तीन टोली मात्र प्रतिष्पर्धा गर्ने प्राविधिक संयोजक विनयकुमार झाले जानकारी दिए । शुक्रवार नै ड्र सार्वजनिक गरिएको थियो र जसअनुसार समूह ‘ए’ मा माच्छापुच्छ्रे बैंक, क्लाउड फ्याक्ट्री, एनआइसी एसिया बैक र प्राइम बैंक तथा समूह ‘बी’ मा आइसिएफसी फाइनान्स, जगदम्बा ग्रुप, सिप्रदी र कुमारी बैंक छन् ।

समूह ‘सी’ मा सूर्य नेपाल, आइएमइ ग्र्रुप, नेपाल बैंक र एनसेल लिजेन्ड्स तथा समूह ‘डी’ मा एनसेल इलाइट्स र सुबिसी गरी तीन टोलीले मात्र प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक समूहबाट शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुँदैछ । यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन् । विजेताले आगामी सिजन फ्रि इन्ट्री पाउने आयोजकले जनाएको छ । प्लेयर अफ दी टुर्नामेण्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन् ।

आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने भएको छ । सन् २०१४ शुरु भएको कर्पोरेट सुपर सिक्सेसको छैटौं सिजनसम्म एसएस एभेन्ट्सले नै आयोजना गर्दै आएको थियो । सातौं सिजनदेखि नेकोस जोडिएको हो ।

Advertisement

Advertisement