सुन प्रतितोला ४ सय रुपियाँ बढ्दा चाँदी २० रुपियाँ सस्तियो

Advertisement

काठमाडौं । सोमबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । सुन प्रतितोला ४ सय रुपियाँ बढेको हो भने चाँदी प्रतितोला २० रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय १० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement