नाफा कमाउने व्यवसायका रुपमा सहकारीलाई प्रयोग गर्दा समस्या देखियोः ओली
फाइल तस्बिर

Advertisement

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । 

राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौँ राष्ट्रिय सहकारी भलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालजस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भए पनि पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गरे । 
सहकारीको महत्व र गरिमालाई कायम राख्न यस क्षेत्रमा देखिएका विकृति हटाउन तथा सहकारीलाई बदनाम हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने उनको भनाइ थियो । 

Advertisement

अध्यक्ष ओलीले गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागेका तथा नाफा कमाउने व्यवसायका रुपमा सहकारीलाई प्रयोग गर्न खोजेको बताए ।  

Advertisement

Advertisement