नेपाल 'ए' र क्यानडा-११ बीच आज दोस्रो खेल हुँदै
तस्बिर : क्यान ।

Advertisement

काठमाडौं । नेपाल ‘ए’ टिम र क्यानडा ११ बीच आज दोस्रो एकदिवसीय अभ्यास खेल हुँदैछ । 

खेल आज बिहान सवा ९ बजेबाट मुलुपानी क्रिकेट मैदानमा हुनेछ । 

Advertisement

तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । आज नेपालले पहिलो खेलमा खेल्न नपाएका खेलाडीलाई मौका दिनसक्नेछ । 

पहिलो खेलमा तिब्र गतिका बलर हेमन्त धामी र रिजन ढकाल, स्पिनर शेर मल्लले आजको खेलमा मौका पाउन सक्नेछन् ।

Advertisement

Advertisement