‘नेपाल रि’को संस्थापक शेयर आजदेखि बिक्री खुला, न्यूनतम रु. २८० मा आवेदन आह्वान

Advertisement

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल र आईएमई लिमिटेडले  नेपाल पुनर्बीमा कम्पनीमा रहेको संस्थापक शेयर बिक्री गर्ने भएका छन् । 

आजदेखि प्रतिकित्ता न्यूनतम रु. २८० मा शेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरुले चैत १२ गतसम्म आवेदन दिनु पर्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।   

Advertisement

आइजीआई प्रुडेन्सियलको २० लाख कित्ता, ग्लोबल आईएमई क्यापिटलको १ लाख ८७ हजार ४३४ कित्ता, आईएमई लिमिटेडको ७ लाख ५० हजार कित्ता र हाथवे इन्भेष्टमेन्टको ६ लाख ५० हजार कित्ता बिक्रीमा राखिएको हो । 

संस्थापक शेयर खरिदका लागि कम्पनीका संस्थापक शेयरधनीहरुले चैत्र १२ गतेसम्म ग्लोबल आईएमई क्यापिटलको कार्यलयमा गई आवेदन दिनु पर्नेछ ।

Advertisement