बैंकहरुमा सर्वसाधारणको निक्षेप पूर्णरुपमा सुरक्षित छ, ढुक्कसँग कारोबार गर्दा हुन्छः राष्ट्र बैंक

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको जनाएको छ । 

राष्ट्र बैंकले आज विज्ञप्ति प्रकाशित गर्दै सर्वसाधारणको निक्षेप पूर्णरुपमा सुरक्षित रहेको जनाएको हो ।

Advertisement

‘बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसंग नियमित रुपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ ।’, विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्णरुपमा सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ । 

केही व्यक्ति/समूहले दिएको बैंक तथा वित्तीय संस्थाहरुप्रति भ्रामक अभिव्यत्ति र दुष्प्रचारप्रति राष्ट्र बैंकले ध्यानाकर्षण भएको उल्लेख गरेको छ । 

एनआईसी एशियाको बारेमा निराधार तथा बदनियतपूर्ण भनाई तथा समाचारप्रति सिबिफिनको आपत्ति

नेपालका बैंक तथा वित्तीय संस्था सुरक्षित छन्, 'हल्लाको पछि नलाग्न अनुरोध'

undefined

 

Advertisement