बोनस शेयर प्रस्ताव पारित गर्न हिमालयन रि–इन्स्योरेन्सको साधारणसभा बस्दै

Advertisement

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सले बोनस शेयर प्रस्ताव पारित गर्न वार्षिक फागुन २० गते साधारणसभा बोलाएको छ । 

सभामा कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । 

Advertisement

त्यसैगरी, गत आवको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ भने चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने काम पनि सभाले गर्नेछ । 

बोनस शेयर वितरणपश्चात्र कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेबारे विशेष प्रस्तावसमेत साधारणसभामा पेस हुने कम्पनीले जनाएको छ । 

सभा प्रयोजनार्थ कम्पनीले फागुन ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन ६ गतेसम्म कायम रहेका शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

नियामक निकाय बीमा प्राधिकरणले पुनर्बिमा कम्पनीहरुको न्युनतम चुक्ता पुँजी २० अर्ब पुर्याउन निर्देशन दिएपछि हिमालयनले हकप्रदको बाटो रोजेको हो ।

Advertisement