नेपाल आज नामिबियाविरूद्ध खेल्दै

Advertisement

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को आफ्नो तेस्रो खेलमा आज नेपाल नामिबियाविरुद्ध खेल्दैछ । खेल बिहान ९ः३० बजे कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा  सुरु हुनेछ ।

नेपाल रोहित पौडेल र नामिबिया जेराल्ड इरास्मसको कप्तानीमा मैदान उत्रँदैछन् ।

Advertisement

यसअघि लिग–२ अन्तर्गत पहिलो त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले नामिबियासँग चार विकेटले हारेको थियो । बुधबार मैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।

शृंखलामा दुवै टिमको यो दोस्रो खेल हो । नेपालले दोस्रो खेलमा भने नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो । 

नामिबियाले पनि यसअघिका दुई खेलमध्ये एकमा जित र अर्कोमा हार व्यहोरेको छ ।  पहिलो खेलमा नेपाललाई हराउँदा दोस्रो खेलमा भने नामिबिया नेदरल्यान्ड्ससँग सात विकेट पराजित भएको थियो ।

आजको खेलपछि नेपालले आइतबार नेदरल्यान्ड्ससँग यो शृंखलाको अन्तिम खेल खेल्नेछ ।
 

Advertisement

Advertisement