बिहानको मौसम र पिचले साथ नदिँदा नेपाल नामिबियासँग हार नजिक

Advertisement

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज (बुधबार) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो खेलमा नेपाल हार नजिक पुगेको छ । बिहानी पखको खेल मैदानले साथ नदिँदा नेपाल हार नजिक पुगेको होे । नेपालले नामिबियालाई १६९ रनको लक्ष्य मात्रै दिएको छ । 

कुल ५० ओभरको खेलामा नेपाल ३७ ‌ओभरमै अलआउट भएको छ । टस हारेर पहिलो ब्याटिङ गरेले नेपाललाई धक्का लागेको हो । पछिल्लो चार खेलमा पहिले बलिङ गर्ने टिमले मनग्य लाभ उठाइरहेका छन् । पहिलो खेलमा नामिबियासँग टस हारेको नेपाल १३१ रनमै अलआउट हुँदै खेल हारेको थियो । 

Advertisement

यस्तै, दोस्रो खेलमा नेपालले टस जित्दै नेदरल्याण्डलाई हराएको थियो । तेस्रो खेलमा टस जितेको नेदरल्याण्डले नामिबियालाई हराएको थियो । चौथो खेलमा पनि नेपाल लगभग खेल हार्ने स्थितिमा पुगेको छ । 

खेलमा कुनै नाटकीय परिवर्तन गर्न नसके नेपालको हारको संभावना प्रवल छ । बिहानी चिसोका कारण मैदानमा बलर हावी हुने र दिउँसो घाम लागेपछि ब्याट्म्यानलाई सहज हुने भएकाले पहिले ब्याटिङ गर्नेले लाभ लिएको हो । नेपाली टिममा लोकप्रिय स्पिनर संदीप लामिछाने नहुँदा पनि पछिल्ला खेल आशालाग्दो हुन सकेको छैन् । 

Advertisement

Advertisement