नेपाली क्रिकेट टिममा संदीपको अभाव खड्कियो, नेपाल नामिबियासँग पुनः पराजित
फाइल तस्बिर

Advertisement

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ । यसअघि पनि नेपाल नामिबयिासँग नै ४ विकेटले पराजित भएको थियो । 

नेपालले दिएको १६९ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नामिबियाको जितमा बर्नान्ड स्कोल्ज र जान निकोल लफ्टी इटनले समान ४–४ विकेट हात पारे भने ज्याक ब्रसिल र  जेराल्ड एरास्मसले समान १–१ विकेट लिए । 

Advertisement

नामिबियाको जितमा कप्तान जेराल्ड एरास्मसले अर्धशतक प्रहार गरे । उनले ५२ रन बनाए भने जेजे स्मिथले नटआउन ३४ रन बनाए । त्यस्तै, मिचेल भान लिंगेनले ३१ र रुबेन ट्रम्म्पलम्यान्ले १६ रन बनाए । 

यता नेपालको तर्फबाट ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरे । उनले ६४ बलमा १ छक्का र ८ चौकासहित ५८ रन बनाए । त्यस्तै, कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करण केसीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले रन राम्रो खेल्न सकेनन् । 

नेपालको तर्फबाट अनिल साह, देव खनाल र कप्तान रोहित पौडेल खाता नै नखोली पेभेलियन फर्किए । ६ बलको सामना गरेका ललित नटआउट शुन्य रनमा रहे । त्यस्तै सोमपाल कामी, ४, दीपेन्द्र सिंह ऐरी, ६ रनमा आउट भए ।

यता बलिङमा कुशल भुर्तेलले ३ विकेट हात पारे । ५ ओभर बलिङ गरेका भुर्तेलले २८ रन खर्चिए । त्यस्तै दीपेन्द्र सिंह ऐरी, ललतिनारायण राजवंशी, कुशल मल्ल, रोहित पौडेलले समान १–१ विकेट लिए । नेपालका मुख्य स्पिनर ललितनारायण राजवंशी आजको खेलमा महंगा सासवत भए । ७ ओभर बलिङ गरेका उनले १ मेडन र एक विकेटसहित ४७ रन खर्चिए । 

त्यस्तै सोमपाल कामीले ३ ओभरमा १६ रन खर्चिंदा, करण केसीले ४ ओभरमा १९ रन खर्चिए । नेपाली टिममा लोकप्रिय खेलाडी संदीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएकाले खेल्न सकेका छैनन् । संदीप खेल्न नसक्दा पछिल्ला खेलमा उनको अभाव निकै खड्किएको नेपाली टिमको फितलो प्रदर्शनले देखाएको छ ।   

आजको खेलसँगै नेपाल तीन खेलबाट २ अंक बटुल्दै अंक तालिकाको दोस्रो स्थानमा छ । समान तीन खेल खेलेको नामिबिया २ मा जित र एकमा हारसँगै शीर्ष स्थानमा रहँदा दुई खेल मात्रै खेलेको नेदरल्याण्ड तेस्रो स्थानमा छ । नामिबिया र नेदरल्याण्डबीच शुक्रवार खेल हुनेछ भने नेपालले अन्तिम खेल नेदरल्याण्डसँग आईतवार खेल्नेछ । 

Advertisement

Advertisement