सानिमा रिलायन्स लाईफद्वारा असहायहरुलाई सहयोग प्रदान

Advertisement

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान गरेको छ । 

जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको हो ।

Advertisement

रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिबनाथ पाण्डेले उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कम्पनीको डेपुटी सिईओ नीराजन कंडेल, एरिया म्यानेजर ईशा प्रधान लगाएतको उपस्थिति रहेको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू र ३ ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो । 

Advertisement