मारुती सिमेन्टको व्यापार निरन्तर ओरालो

Advertisement

काठमाडौं । मारुती सिमेन्ट लिमिटेडको व्यापारमा निरन्तर गिरावट आएको छ । देशभर बढ्दो आर्थिक मन्दीले गर्दा कम्पनीको व्यापारमा गिरावट आएको हो । 

मारतीले सन् २०२३ मा चार अर्ब २४ करोड ३० लाख रुपियाँको कारोबार गरेको छ । बढ्दो बजार प्रतिस्पर्धा र घट्दो बजारले कम्पनीलाई अप्ठ्यारो पारेको हो । कम्पनीले सन् २०१९ मा सात अर्ब ५० करोड ४० लाखको व्यापार गरेको थियो । 

Advertisement

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार सन् २०२० मा पाँच अर्ब ६३ करोड १० लाख रुपियाँको व्यापार गर्दा सन् २०२१ मा छ अर्ब ८६ करोड ५० लाख रुपियाँको कारोबार गरको थियो । यस्तै, सन् २०२२ मा चार अर्ब ९७ करोड ७० करोडको व्यापार गर्दा सन् २०२३ मा भने पाँच वर्ष यताकै सबैभन्दा कम व्यापार भएको हो । 

उद्योगमा राठी ग्रुप र गोयल ग्रुपको सामुहिक लगानी रहेको छ । उद्योग सन् १९९४ मा स्थापना भएको हो । सुरुमा सिमेन्ट क्लिङकर उत्पादन तथा बिक्री गर्दै आएको यो उद्योगले पछि आफैले ‌ओपीसी सिमेन्ट उत्पादन गर्न थालेको हो । सो उद्योगले पीपीसी सिमेन्ट पनि उत्पादन गर्ने बताएको छ । 

Advertisement

Advertisement