सन्दीपलाई जेलबाहिरै बसेर मुद्दा लड्न उच्च अदालतको अनुमति

Advertisement

काठमाडौं । बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् ।

उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीले आज सन्दीपलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिएका हुन् । 

Advertisement

यसअघि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपियाँ जरिवाना र पीडितलाई २ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

आजै सन्दीपले उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन निवेदन र जेलबाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउँ भनी अर्को निवेदन दिएका थिए ।

सन्दीप ३ महिना ८ दिन जेलमा बसिसकेका छन् । यसअघि जिल्ला अदालतमा २० लाख बुझाएर रिहा भएका थिए । 

Advertisement

Advertisement