सूर्यज्योति लाइफले प्रस्ताव गरेन लाभांश, लगानीकर्ताहरु निराश

Advertisement

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई निराश बनाएको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने र उक्त रकम जगेडा कोषमा राखने निर्णय गरेको कम्पनी सचिव भरत केसीले जनाएका छन् । 

Advertisement

तत्कालीन सूर्या लाइफ र ज्योति लाइफ मर्ज भई २०७९ पुस ७ बाट एकीकृत कारोबार गरेको र साविकको ज्योति लाइफको पूँजी, रिजर्भ, लगानी रकम, जीवन बीमा कोष लगायत सम्पूर्ण सम्पत्ति तथा दायित्व सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा समायोजन गर्ने निर्णय समेत भएको कम्पनी सचिव केसीले जनाएका छन् ।

सञ्चालक समितिको प्रस्ताव नेपाल बीमा प्राधिकरणकाबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।    

undefined
 

Advertisement

Advertisement