अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग भिड्दै

Advertisement

काठमाडौं । आज नेपाल नेदरल्यान्ड्ससँग भिड्दै छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पहिलो त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग भिड्ने भएको हो । 

यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र नेपालले जित निकालेको थियो । आजको खेलसँगै आयोजित शृंखलाको अन्त्य हुनेछ ।

Advertisement

नेपालले यसअघि पहिलो खेलमा नामिबियासँग चार विकेटको हार व्होरेको छ । दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराए पनि नेपालले तेस्रो खेलमा पुनः नामिबियासँग दुई विकेटको हार व्होरेको थियो ।

यता, नेदरल्यान्ड्सले पनि जारी शृंखलाका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ । नेदरल्यान्ड्सले नेपालसँग हार बेहोरे पनि दोस्रो खेलमा नामिबियालाई सात विकेटले हराएको थियो । तेस्रो खेलमा भने डच टिम नामिबियाविरुद्ध २४ रनले पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यी दुई टिमबीचको खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।

Advertisement

Advertisement