मासिक सवा लाख तलबमा नेपाल राष्ट्र बैंकले माग्यो संयोजक, कति चाहिन्छ योग्यता र अनुभव ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले संयोजक पदमा दरखास्त आह्वान गरेको छ । 

समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्थापन तथा सञ्चालनका लागि पदपूर्ति गरिने राष्ट्र बैंकले जनाएको छ । 

Advertisement

सो पदमा दरखास्त दिनेले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्तानकोत्तर गरी बैंकिङ क्षेत्रमा कम्तीमा एक दशकको अनुभव भएको हुनुपर्नेछ । 

सेवाअवधि एक वर्षको हुनेछ भने कार्य प्रगतिका आधारमा ६÷४ महिनाका लागि दुईपटकसम्म नवीकरण गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ । 

दरखास्त चैत ४ गतेसम्म दिन सकिनेछ । छनोट भएका व्यक्तिको तलब मासिक एक लाख २६ हजार ३०० (करसहित) हुनेछ । 

undefined


 

Advertisement