क्रिकेट खेलाडीहरुको तलब बढ्यो, कस्को कति ?

Advertisement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला तथा पुरुष खेलाडीको वर्गीकरण गरी उनीहरुको मासिक तलब वृद्धि गरेको छ । क्यानको फागुन शनिबार र सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले खेलाडीहरूको वर्गीकरण र तलबवृद्धिको निर्णय गरेको हो । क्यानले ग्रेड ‘ए’ु का पुरुष खेलाडीलाई मासिक एक लाख तलब दिने निर्णय गरेको छ । 

त्यस्तै, सोही ग्रेडका महिलालाई भने ५० हजार तलब दिने निर्णय गरेको छ । क्यानले पुरुषतर्फ ३० जना र महिला टिमतर्फ १९ जना खेलाडीको वर्गीकरण गरेको छ । पुरुषतर्फ ग्रेड ुएु मा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल रहेका छन् । यसअघि ग्रेड ए खेलाडीलाई क्यानले मासिक रूपमा ६० हजार रुपियाँ उपलब्ध गराउँदै आएको थियो । 

Advertisement

त्यस्तै मासिक ७० हजार पाउने ग्रेड बी मा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ सेख र कुशल भुर्तेल रहेका छन् । त्यसैगरी, ग्रेड सीमा परेका खेलाडी मासिक ५५ हजार रुपियाँ पाउँछन् । ग्रेड सीमा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जीसी रहेका छन् ।

त्यस्तै मासिक ३५ हजार पाउने ग्रेड डी मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ रहेका छन् भने इमर्जिङ क्याटेगोरीमा दिपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती र हेमन्त धामी रहेका छ । यस वर्गमा पर्ने खेलाडीले मासिक २५ हजार रुपियाँ पाउने छन् ।

महिलातर्फ ग्रेड ए मा कप्तान इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर रहेका छन् । त्यस्तै ग्रेड बी मा कविता कुँवर परेकी छिन् । ग्रेड बी मा पर्ने महिला खेलाडीले मासिक ३५ हजार रुपियाँ पाउनेछन् भने ग्रेड सी मा पूजा महतो र अश्मिना कर्माचार्य छन् । ग्रेड डी मा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावल रहेका छन् । 

ग्रेड सी र डी का खेलाडीले क्रमशः ३० र २५ हजार रुपियाँ पाउनेछन् । त्यस्तै महिलातर्फ इमर्जिङ वर्गमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, सृष्टि जैसी, सम्झना कुमारी खड्का र सना प्रविन रहेका छन् । उनीहरूले मासिक २० हजार रुपियाँ पाउनेछन् ।

त्यस्तै बैठकले नेपाल ए टिमको मुख्य प्रशिक्षकमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षकमा पूर्वखेलाडी कलाम अलीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने यू–१९ महिला टिमको प्रशिक्षकमा महेश रिजाललाई दिने निर्णय गरेको छ । 

undefined

Advertisement

Advertisement