ट्वान्टी–२० शृंखला : नामिबियाविरुद्ध नेपालले पहिलो खेल खेल्दै
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । आजदेखि त्रिदेशीय ट्वान्टी–२० क्रिकेट सुरु हुँदैछ । यो शृंखलाको पहिलो खेल नै नेपालले नामिबियासँग खेल्ने भएको छ । 

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । नेपालले यसै वर्षको जुनमा हुने ट्वान्टी–२० विश्वकप तयारीका लागि घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलका लागि सहभागी टिमसँग शृंखला आयोजना गरेको हो ।शृंखलामा नेपालसहित नामिबिया र नेदरल्यान्ड्स पनि छन् ।

Advertisement

शृंखलाका लागि रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा भइसकेको छ ।

आजको खेलपछि नेपालले फागुन १६ गते नेदरल्यान्ड्ससँग, फागुन १८ गते पुनः नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । 

शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल भने फागुन २२ गते हुने बताइएको छ ।

Advertisement

Advertisement