कर्जा प्रवाहमा बदमासी गरेको आरोपमा तत्कालिन सेन्चुरी बैंकका सीईओ न्यौपानेसँगै गौतम पनि पक्राउ

Advertisement

काठमाडौं । ऋण प्रवाहमा बदमासी गरेको आरोपमा तत्कालीन सेन्चुरी कमर्सियल बैंकका अर्का सीईओ तुल्सीराम गौतमलाई पनि पक्राउ गरिएको छ । 

उक्त बैंक प्रभु बैंकसँग मर्ज भएपछि हाल प्रभु बैंकको डेपुटी सीईओ रहेका मनोज न्यौपानेसँगै गौतमलाई पनि पक्राउ गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले न्यौपाने र गौतमलगायतलाई घर र कार्यालयबाट पक्राउ गरेको हो । 

Advertisement

सीआईबीले बैंकका चार कर्मचारीसहित झण्डै एक दर्जनलाई कर्जा अपचलनको आरोपमा पक्राउ गरेको हो । 

दुवै सीईओमाथि कमसल धितो राखेर कर्जा दिएको, धितो नै नराखी कर्जा दिएको, आरोप लागेको छ । यस कार्यमा बैंकका सञ्चालक समितिका सदस्य र कर्जा विभागका कर्मचारी समेत संलग्न रहेको भन्दै सीआईबीले राष्ट्र बैंकका कर्मचारीले दुई करोड लिएर उनलाई सफाई दिएको आरोप पनि लागेको छ । 

यस प्रकरणमा प्रभु बैंकका कर्मचारी दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ, राजेश भण्डारी पनि पक्राउ परेका छन् । 

Advertisement

Advertisement