स्वास्थ्य मन्त्रालयको विकृति हटाउन अझै दुई बर्ष समय लाग्छः स्वास्थ्यमन्त्री

Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताएका छन् । 

मंगलवार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले आफ्नो मन्त्रालयमा रहेका विकृति र विसंगति सफा गर्न अझै दुई वर्षको समय लाग्ने बताए । बस्नेतले मन्त्री र मन्त्रालयको कारण कर्मचारीहरुले दुःख पाइरहेको गुनासो आएको भन्दै कर्मचारी र प्रशासनतन्त्रले गरेका विकृति र विसंगतिहरुबारे आफू जानकार रहेको बताए । 

Advertisement

चिकित्कसहरुलाई विकट क्षेत्रमा सेवा पुर्याउन पठाउँदा आफूमाथि पक्षपात गरेको आरोप लागेको उनले गुनासो गरे । बस्नेतले कर्मचारीहरुले भनेका मानिसहरुलाई पठाए मात्रै पक्षपात नहुने हो ? भन्दै प्रश्नसमेत गरे । बस्नेतले सरुवा गर्न लाग्नुपूर्व नै शीर्ष नेतृत्वको घरमा पुगेर रोक्न लगाउने गरेको आरोप लगाए । 

उनले भने, ‘यहाँ पक्षपातका कुरा उठे । कसले के पक्षपात गरेको छ ? आफूले पाए पक्ष हुने नभए पात हुने त हो नि । आफूले पाए मात्रै पक्ष हुन्छ । त्यही होइन कुरा ? त्यो आठ सय चानचुनले पनि सबले पक्षपात गरे भनेर गएका छन् । तर कमसेकम दुर्गम जिल्लाका बिरामीले पनि अनुहार हेर्न पाएका छन् । धेरै टसमस भएको थियो । मन्त्रीले जबरजस्ती गयो भन्ने कुरा पनि थियो । जबरजस्ती मैले गरेको होइन । जबरजस्ती गर्नेहरुलाई ठेगान लगाएको हो ।’ 

बस्नेतले थपे, ‘म भोलि पनि यस्तो काम गर्छु । मैले गरेको निर्णयले वा मन्त्रालयले गरेको कुनै निर्णयले धेरै जनताले चाहेको हित हुन्छ भने । घुर्की, थर्काउने, सोर्स लगाउने, एउटा व्यक्तिले तीन वटा पार्टीका सभापतिलाई भन्न जाने कुरा मेरो पालामा चल्दैन । चल्न दिएको छैन । आस्थका बारेमा केही कुरा उठ्यो । मैले निर्णय गर्ने बित्तिकै सम्बन्धित पार्टीको प्रमुखमा बस्नेहरुलाई महाशाखा प्रमुखमा अझै नै राखिछोडेको छु । गफ दिनुहुन्छ, दुई वर्ष पुगेकाहरुलाई । निर्णय गर्न पाएको छैन पुगिसक्छ । पार्टी प्रमुख कहाँ । क्याबिनेटमा पुगेको छैन । यहाँ न्युज आइसकेको हुन्छ । का.मु लेख्नुस् भन्यो, निमित्त लेख्छन् । यहाँ अराजक छ । यो मन्त्रालय राफसाफ गर्न दुई वर्ष लाग्छ । अहिले केही हदसम्म भएको छ ।’

उनले अस्पतालका स्वास्थ्य सामग्री टेण्डर गरेर ल्याउनुपर्छ भन्दा कर्मचारीहरुले अस्पतालमा तालाबन्दी गर्ने गरेको पनि बताए । बस्नेतले सबैभन्दा पहिला कर्मचारीतन्त्र नै सुध्रिनुपर्ने आवश्यकता रहेको पनि बताए । 

Advertisement

Advertisement