टी–२० क्रिकेट शृंखला : दोस्रो खेलमा आज नेपाल नेदरल्यान्ड्सविरुद्ध खेल्ने
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा आज नेपाल नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । 

शृंखलामा नेपालको यो दोस्रो खेल हो । मंगबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपाल यसअघि नामिबियासँग पराजित भएको थियो । नेदरल्यान्ड्सको भने जारी शृंखलामा यो पहिलो खेल हो ।

Advertisement

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । नेपालले यसै वर्षको जुनमा हुने टी२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलका लागि सहभागी टिमसँग शृंखला आयोजना गरेको हो । जसमा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् ।

आजको खेलपछि नेपालले फागुन १८ गते नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ ।

Advertisement

Advertisement