भ्रष्टाचारसम्वन्धी मुद्दामा निर्माण व्यवसायी महासंघका अध्यक्ष र सरकारी कर्मचारी सबैलाई सफाई

Advertisement

काठमाडौं । विशेष अदालतले मध्यपहाडी राजमार्ग निर्माणका क्रमममा भ्रष्टाचारको आरोप लागेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसहित सबै आरोपितलाई सफाइ दिएको छ ।

अदालतले आज बुधबार उक्त आयोजना प्रमुख, कर्मचारी र निर्माण व्यवसायीमाथिको आरोप पुष्टि हुन नसक्ने भन्दै सफाई दिएको हो । उक्त सडक निर्माणको ठेक्का पाएको महादेव–खिम्ती निर्माण सेवाका प्रवन्ध निर्देशक रहेका सिंहमाथि समेत भ्रष्टाचारमुद्दा दायर भएको थियो ।

Advertisement

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापको इजलासले आयोजना प्रमुख विजय चापागाई, इञ्जिनियर दीपक खड्का, सव–इञ्जिनियर गजेन्द्रप्रसाद राउत, लेखा अधिकृत दुर्गा फुयाँल समेतलाई सफाई दिएको हो । उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

अख्तिायरले मध्यपहाडी राजमार्गको खोटाङ खण्ड निर्माणमा भ्रष्टाचार भएको दावीसहित ६८ लाख ९३ हजार रुपियाँ विगो माग दावी गरी २०७८ फागुनमा मुद्दा दायर गरेको थियो ।

Advertisement

Advertisement