खेलकुद बीमा लेख पहिलोपटक कार्यान्वयनमा

Advertisement

काठमाडौं । खेलकुद बीमा लेख पहिलोपटक कार्यान्वयनमा  आएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी (५० जना) र प्रशिक्षक (१० जना) को बीमा गरेसंगै खेलकुद बीमा लेख पहिलोपटक कार्यान्वयनमा  आएको हो ।

Advertisement

राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडका मार्केटिङ म्यानेजर देवराज घिमिरेले बीमा लेख हस्तान्तरण गरेका हुन् । 

नेपाल बीमा प्राधिकरणले २०८० साल मंसिर १३ गते खेलकुद बीमा लेख जारी गरेको थियो । सदस्य–सचिव टंकलाल घिसिङले २०७८ मंसिर १४ गते सदस्य–सचिवको पदभार ग्रहण गर्ने क्रममा खेलकुद बीमालेख कार्यान्वयन गर्ने घोषणा गरेका थिए । 

Advertisement