नेदरल्याण्डसलाई हराउँदै नेपाल त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजको फाइनलमा

Advertisement

काठमाडौं । नेदरल्याण्डसलाई ६ विकेटले हराउँदै नेपाल त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

आज शनिबार त्रिवि क्रिकेट खेल मैदानमा भएको खेलमा नेदरल्याण्डसलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको हो । नेदरल्याण्डसले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

Advertisement

नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ शेखले ८ रन जोडे । त्यसअघि टस जितेर सुरुमा ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९.३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएकाले नेपाललाई जित निकाल्न सहज भएको हो । 

नेपालका प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले दुई–दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । 

फाइनल नेपालको प्रतिस्र्धा नामिबिया वा नेदरल्यान्ड्समध्ये एक टोलीसँग हुनेछ । आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको नतिजाबाट फाइनल पुग्ने टोलीको निर्धारण हुनेछ । नेपाल पहिलो खेलमा नामिवियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो । तेस्रो खेलमा नामिवियालाई ३ रनले हराएको थियो । 

फाइनल खेल मंगलबार हुनेछ ।

Advertisement

Advertisement