‘हिमालयन रि’ को साधारण सभाबाट लाभांश पारित

Advertisement

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी तेस्रो साधारण सभा आज सम्पन्न भएको छ । 

उक्त साधारण सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश पारित गरेको छ ।  

Advertisement

सभाले कम्पनीको चुक्ता पूँजी बृद्धि गर्न ८० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित गरेको छ । 

साथै गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वित्तीय विवरणहरु पारित गरिएको छ । चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित भएको छ ।

Advertisement