बैंकहरु माथिको आक्रमणले बैंकिङ क्षेत्रको मनोबल कमजोर भयोः अध्यक्ष केसी

Advertisement

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरु माथिको आक्रमणले बैंकिङ क्षेत्रको मनोबल कमजोर भएको बताएका छन् ।  

आईतवार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बौल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।  उनले नेपालको बैंकिङ उद्योग दक्षिण एशियाका अन्य देशहरुको भन्दा सबल र बलियो रहेको दाबी गरे । पछिल्लो समय बैकिङ उद्योगलाई लक्षित राज्यपक्ष र बाहिर सडकबाट दिने दबाबले अफ्ठ्यारो बनाएको अध्यक्ष केसीले बताए । 

Advertisement

बैंकहरुले धेरै नाफा कमाए भन्ने आरोप लगाए पनि पछिल्लो समय लगानीको १० प्रतिशत मात्रै नाफा आर्जन गरेको बताए । उनले ७ सय १९ अर्ब बढी लगानी बैंकिङ क्षेत्रमा रहेको बताए । बैंकहरु बढी पारदर्शी भएको कारणले पनि अफ्ठ्यारो स्थिति भएको बताए । बैंकहरु निक्षेपकर्ताको विश्वासमा चल्ने भएकाले सडकबाट बैंकको ऋण तिर्नुपर्दैन भन्ने अराजक गतिविधिले बैंकिङ उद्योगमा समस्या आउनसक्ने दाबी गरे । 

उनले नेपालको बैंकिङ क्षेत्रले मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि ठूलो योगदान रहेको बताए । विदेशी तथा स्थानीय बैंकहरु मिलेर अर्थतन्त्रमा योगदान गर्दा पनि मनोबललाई गिराउने काम भइरहेको भन्दै बैंकको ऋण मिनाह हुन नसक्ने बताए ।  

Advertisement

Advertisement