राशिफलः आज (फागुन २१) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल फागुन महिनाको २१ गते सोमबार, फाल्गुन कृष्णपक्षको नवमी तिथि ।

मेष 
शेयर क्षेत्रबाट लाभ मिल्ने छ । पेशागत क्षेत्रमा धेरै प्राप्ति नभए पनि आफ्नो भुमिकाको कदर भने हुने छ । मनमा आउने नैराश्यताका कारण जोश तथा जाँगरको कमि कार्यसम्पादनका क्रममा देखि रहने छ । भाग्यले साथ नदिएकाले धेरै जोखिमपूर्ण कदम भन्दा औसत जीवनलाई चालु राख्नु नै उचित हुने देखिन्छ ।

Advertisement

वृष
शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । बौद्धिक प्रकृतिको पेशामा आवद्धहरुलाई आकस्मिक लाभ मिल्ने छ । अरुको हकमा औसत अवस्था रहने छ । आम्दानीको हकमा भने सोचेको जति प्राप्त नभए पनि निराश पनि हुनु पर्ने छैन् । मनमा दृढताको मात्रा बढ्ने हुँदा कठिनाईमा पनि टिकी रहन उर्जा मिल्ने छ ।

मिथुन 
शेयर क्षेत्रबाट अपेक्षाकृत फाइदा नभए पनि घाटा पनि हुने छैन् । पेशागत जीवनमा चर्काचर्कीको वातावरण हुने छ । पेशागत क्षेत्रमा मनमा दुविधाका मात्रा बढ्न पुग्ने हुँदा समर्पण भावको कमि हुने छ । साझेदारीमा गरिएका क्षेत्रहरुमा द्वन्द देखा पर्ने छ । पारीवारिक जीवनमा तनावको वातावरण आउने छ ।

कर्कट
शेयर क्षेत्र मध्यम खालको हुने छ । पेशागत जीवनमा जुध्नु पर्ने र प्राप्त जिम्मेबारी निभाउन चुनौतिपूर्ण खेप्नु पर्ने छ । मनमा दुविधाले सताउँदा व्यक्तित्व पनि दोहोरो खालको हुने छ जसले गर्दा अरुले विश्वास गर्न कठिन मान्ने छन् । रिस धेरै उठ्ने छ ।

सिंह
शेयर क्षेत्र औसत रहने छ । पेशोगत जीवन पनि औसत खालकै हुने छ । दृढ खालको व्यक्तित्व हुने भएकाले कसैसँग डर र त्रास लाग्ने छैन् । रिस नियन्त्रमा ध्यान नदिए अनावश्यक विषयमा झैझगडामा फसिने छ । साझेदारीमा गरिएका काममा अड्चन र बिबाद आउने छ । प्रतिष्पर्धात्मक क्षमता कायम रहने छ ।

कन्या
शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । बौद्धिक र जनसम्पर्कमा रही गर्नुपर्ने पेशामा आवद्धहरुको पेशागत जीवनमा सकारात्मक रहने छ । मनमा आउने दोहोरो विचारले निर्णय लिन कठिन बनाउने छ । साँचेर राखेको धन सम्पत्ति नोक्सान हुने वा त्यसलाई लिएर बिबाद चर्किने भएकाले पहिले नै सतर्क रहनु नै उचित हुने छ ।

तुला
शेयर क्षेत्र सोचे जस्तो प्रतिफलमुखी नभए पनि प्रतिकुल पनि हुने छैन् । धन, सम्पत्ति तथा वित्तिय क्षेत्रमा घाटा वा नोक्सानी हुने समय रहेकाले सतर्क रहनु होला । पेशागत जीवनमा अरुसँग जुध्नु पर्ने छ । दृढ खालको व्यक्तित्व हुने भएकाले अरुले पेल्ने छैनन् । मनमा आउने दुविधात्मक अवस्थाले भने व्यक्तित्वमा कमि गराउने छ ।

वृश्चिक
शेयर क्षेत्रमा धेरै उत्साही हुने खालको देखिँदैन् । आम्दानीमा भने केही बृद्धि हुने छ । पेशागत जीवन सकारात्मक रहने छ । मनमा उतत्साह र उमङ्गको लहरले गर्दा हसिलोपना देखिने छ । पारीवारिक जीवनमा भने द्वन्दको क्रम आउने हुँदा यसले सामाजिक जीवनमा गिरावट आउने छ । मनोबलमा केही कमि देखिने छ । 

धनु 
शेयर क्षेत्र प्रतिकुल बन्ने छ । पेशागत क्षेत्रमा भइरहेको उत्साहमा कमि देखा पर्ने छ । त्यसैले पेशागत क्षेत्रमा धैर्य र लचकतासाथ पाइला चाल्नु ठिक हुने छ । समय धेरै उत्साही भई हाल्ने खालको नभए पनि निराश पनि भइहाल्नु पर्ने खालको पनि छैन् । आफ्नो लक्ष्य प्रति केन्द्रीत हुन भने मनमा दृढता आउने छ । साझेदारीमा गरिएका कामले सन्तोष मिल्ने छ ।

मकर 
शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । पेशागत जीवनमा पनि संघर्षमय क्षण आउने छ । आफ्नो उद्देश्य र लक्ष्य प्रति समर्पित हुन मन लाग्ने छ । मनोबल भने कमजोर हुन जाने भएकाले अरुले कमजोर आँक्ने छन् । भाग्यहिनताका कारण मनमा उत्साहको कमि रहीरहने छ ।

कुम्भ 
शेयर क्षेत्रबाट फायदा मिल्ने छैन् । पेशागत जीवन भने औसत खालको रहने छ । बोलीको प्रभावकारीतामा बृद्धि हुने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । तर धेरै बोल्ने बानीले गर्दा बन्ने कामहरु पनि बिग्रने चुनौति रहेकाले विचार पुर्याउनु होला । पारीवारिक जीवनमा किचलो र समस्याहरु देखा पर्ने छन् ।

मीन
शेयर क्षेत्रबाट लाभ प्राप्त हुने छ । बौद्धिक र ज्ञानमार्गमा लागेकाहरुको जीवनमा उन्नति हुने छ । आम्दानीमा केही बृद्धि हुन पुग्ने छ । विदेश यात्रा अनुकुल रहने छ । पेशागत क्षेत्रमा आफुले राम्रो गर्दागर्दै पनि त्यसको उपयुक्त मुल्यांकन हुने छैन् । अरुको पेलाईको मारमा परिने छ । धेरै जोखिमपूर्ण निर्णयहरु गर्दा धेरै सोच विचार गरेर मात्र पाइला पर्ने देखिन्छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement