लोअर इर्खुवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

Advertisement

काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । 

कम्पनीले २८ लाख ५ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि फागुन ११ गते सेबोनमा निवेदन दिएको हो । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

Advertisement

सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्नेछ । 

पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । 

Advertisement

Advertisement