प्रभु इन्स्योरेन्सद्वारा ५ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । प्रभु इन्स्योरेन्सले ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

हिजो साँझ बसेको बैठकले आव २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव अरबिन्दकुमार कर्णले जनाएका छन् । 

Advertisement

नेपाल बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले लाभांश पाउने छन् ।  
 

Advertisement

Advertisement