खेल र खेलाडीलाई एनसेलको साथ

Advertisement

काठमाडौं । एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको भन्दै सोको विवरण प्रस्तुत गरेको छ । 

क्रिकेट, फुटबलका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारावलम्पिक राष्ट्रिय खेलाडीहरूलाई सहयोग गर्दै आएको एनसेलले आज (मंगलबार) सम्पन्न ‘त्रिदेशीय टी–ट्वान्टी आई सिरिज २०२४’का साथै हालै भएको आईसीसी लिग टु र नेपाल–क्यानडा एकदिवसीय सिरिजमा एनसेल ‘कनेक्टेड बाई’ साझेदारका रूपमा आबद्ध भएको थियो । 

Advertisement

‘हाम्रो साथ नेपाली क्रिकेटलाई’ भन्ने थिमका साथ आफूहरुले यी खेलहरूमा सहयोग पुर्याएको कम्पनीको भनाई छ । यसैगरी, ‘हाम्रो साथ नेपाली फुटबललाई’ भन्ने थिममा आधारित भई एनसेलले ‘वीरगन्ज गोल्डकप’ र ‘झापा गोल्डकप’लगायतका फुटबल खेलमा आबद्ध भएको थियो । विगतमा पनि एनसेलले एन्फासँगको सहकार्यमा ‘ए’ डिभिजन, यू–१६, वुमन्स नेसनल च्याम्पियनसिप, वुमन्स नेसनल टिमका साथै क्रिकेटअन्तर्गत क्यानको प्राविधिक सहयोगमा ‘एनसेल नेपाल प्रिमियर लिग’ गरेको थियो ।

‘हामी तपाईंकै लागि’ भन्ने थिममा आधारित भई एनसेलले राष्ट्रिय पारालम्पिक समिति (एनपीसी) नेपालसँगको सहकार्यमा नेपाल पारालिम्पिक टोलीलाई साथ र सहयोग प्रदान गर्दै आएको छ । चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमै पहिलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई सम्मान गर्दै एनसेलले १ लाख रुपियाँ नगद पुरस्कार पनि प्रदान गरेको थियो ।

एनसेलले गत भदौमा आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवका अवसरमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्य घोषणा गरेको थियो । यसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूको समग्र तालिम, विकास तथा प्रशिक्षणमा सहयोग गर्दै आएको छ ।

यसबाहेक गत मंसिरमा ‘एनसेल ओपन गल्फ प्रतियोगिता’ पनि आयोजना गरिएको थियो । देशको जिम्मेवार कर्पोरेट नागरिकका रूपमा एनसेलले खेल र खेलाडीहरूको अभिवृद्धि एवं विकासमा योगदान गर्दै आएको छ । खेलाडीहरू राष्ट्रिय गौरव हुन् र यस्ता सहकार्यले देशमा खेलकुद क्षेत्रको विकास, युवा विकास, सामाजिक एकतालगायतका क्षेत्रमा ठूलो महत्व राख्ने कम्पनीको भनाई छ । 

Advertisement

Advertisement