सस्तो दरमा २८ देशमा डेटा रोमिङ सेवा उपलब्ध गराउँदै टेलिकम

Advertisement

काठमाडौं । नेपाल टेलिकमले पहिलेभन्दा अझै सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने भएको छ । 

कम्पनीले रोमिङ पार्टनरसँग गरेको सम्झौताअनुसार पहिलेभन्दा झनै सस्तो दरमा डेटा रोमिङ सेवा सेवा सञ्चालन गरिएको जनाएको छ । 

Advertisement

कम्पनीका अनुसार विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग गर्ने गरेका छन् । यो सम्झौताअनुसार नेपाल टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताले विश्वमा रहेका २८ देशका रोमिङ पार्टनरहरुको नेटवर्कमा आवद्ध भई डाटा रोमिङ सेवा प्रयोग गर्दा सस्तो मूल्यमा डेटा सेवा पाउनेछन् । 

अब नेपाल टेलिकमकै पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रीस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध हुनेछ । त्यसैगरी मलेसिया, म्यानमार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेयिबा, सिंगापुर, श्रीलंका, स्विजरल्यान्ड, युएई, युके, युएसए र भियतनाममा समेत सस्तो दरमा डाटा रोमिङ सेवा प्रयोग गर्न सकिने छ । 

तर, डाटा रोमिङ सुविधा प्रयोग गर्नका लागि ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्दछ । 

परिमार्जित दररेट सस्तो र सुलभ हुने भएकोले रोमिङ सेवा प्रयोगकर्ताहरुका लागि डाटा रोमिङ सेवा उपयोगी हुने र  सेवा प्रयोग गर्ने परिपाटीमा वृद्धि हुने अपेक्षा कम्पनीको रहेको छ । 

Advertisement