दाहालको विकल्प खोज्न दौडधुपमा रहेका देउवाले मधेसवादी नेतालाई बुढानीलकण्ठ बोलाए

Advertisement

काठमाडौं । आफूलाई धोका दिने प्रधानमन्त्री पुष्पकमल दाहालको विकल्प खोज्न दौडधुपमा लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसवादी दलका नेताहरुलाई आफ्नो निवास बालुवाटार बोलाएका छन् । 

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी लगायतका नेता छन् । सत्तारुढ गठवन्धनमा जान आनाकानी गर्दै आएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने बुढानीलकण्ठ पुगेका छैनन् । 

Advertisement

यादवलाई बोलाइए पनि उनी आइनपुगेको कांग्रेस नेताहरुको भनाई छ । बैठकमा कांग्रेसका शेखर कोइराला र गगन थापा पनि सहभागी छन् ।

Advertisement