माधव नेपालको दल पनि सरकारमा सामेल हुन तयार

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कटुतापूर्ण सम्वन्ध सुधार गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सरकारमा सहभागी हुन तयार भएका छन् । 

आज बसेको उनको पार्टीको बैठकमा बहुमत सदस्यहरु कम्युनिष्ट सरकारमा सहभागी हुनुपर्ने पक्षमा भएपछि माधव नेपाल त्यसका लागि तयार भएका हुन् । बैठकमा विशेषगरी नेता झलनाथ खनाल पक्षले वर्तमान सरकारमा सहभागी हुनुपर्ने अडान लिएको थियो । 

Advertisement

मंगलबार माधव नेपाललाई फकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र ओली दलबलसहित कोटेश्वर पुगेको थियो । तर आफूहरुलाई धोका दिएको भन्दै दाहालको विकल्प खोज्न दौडधुपमा लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नी श्रीमती आरजुलाई समेत लिएर बुधबार बिहान उनको निवास पुगेका थिए । 

सरकारमा सहभागी हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नको लागि नेकपा एसका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरू बालुवाटार गएका छन्। बैठकमा छलफल भएपछि अध्यक्ष नेपाल सहित उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल बालुवाटारतर्फ लागेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए। तीन नेताहरूले वार्ता गरेर फर्किएपछि सरकारमा जानेबारे औपचारिक निर्णय हुने उनले बताए।

Advertisement