नवनियुक्त मन्त्रीहरुले लिए शपथ, अझै पाँच मन्त्री पद रिक्त

Advertisement

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आज बुधबार नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले सिफारिस गरेका नेताहरुलाई मन्त्री नियुक्त गरेका थिए ।

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतलनिवासमा शपथ लिएका हुन् । सपथ लिनेहरुमा एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना गरी मन्त्रिपरिषद १८ सदस्यीय भएको छ । अझै पाँच वटा मन्त्री पद रिक्त रहेको छ । सरकारमा एकीकत समाजवादी पनि सहभागी हुने जनाइएको छ । तर मधेस केन्द्रीय नेताहरुले भने आलटाल गर्दै आएका छन् । 

Advertisement

Advertisement