प्रचण्डसहितको २० सदस्यीय मन्त्रिपरिषद् : कुन पार्टीबाट को मन्त्री भए ?

Advertisement

काठमाडौं । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा मन्त्रिपरिषद्को विस्तार तथा कार्यविभाजन गरेका छन् । नयाँ राजनीतिक समीकरण फेरिएसँगै मन्त्रिपरिषद् विस्तार कार्यविभाजन भएको हो । हालको मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी भएका छन् । 

चार दलीय गठबन्धनको ८ बुँदे सहमतिपत्रमा जनता समाजवादी पार्टीले हस्ताक्षर गरे पनि विस्तारित मन्त्रिपरिषद्मा सहभागी भइसकेको छैन । तर, ८ बुँदे सहमतिमा हस्ताक्षर नगरेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) भने दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ ।

Advertisement

सत्ता समीकरण बदलिएपछि विस्तार भएको प्रचण्ड मन्त्रिपरिषद्‍मा चार जना महिला मन्त्री बनेका छन् । एमालेबाट दुई, माओवादी र रास्वपा बाट एक–एक जना महिलाले मन्त्री बनेका हुन् । 

बुधबार २० सदस्यीय मन्त्रिपरिषद् विस्तार हुँदा तीन जना उपप्रधानमन्त्री बने । जसमा,  एमालेका रघुवीर महासेठ पहिलो वरियतामा छन् । त्यसपछि क्रमशः नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलाई राखिएको छ ।  एमालेले उपप्रधानसहित आठ वटा मन्त्रालय पाएको छ । माओवादीले प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय राखेको छ भने रास्वपाले उपप्रधान तथा गृहमन्त्रीसहित चार मन्त्रालय लिँदा नेकपा (एस) ले भने दुई  मन्‍त्रालय पाएको छ । 

माओवादी केन्द्रका पाँच मन्त्री  

नारायणकाजी श्रेष्ठ : उपप्रधान तथा परराष्ट्र

वर्षमान पुन : अर्थ 

शक्ति बस्नेत : ऊर्जा 

रेखा शर्मा : सञ्चार तथा सूचना प्रविधि

हितबहादुर तामाङ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन

एमालेका आठ मन्‍त्री

रघुवीर महासेठ : उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात

पदम गिरी : कानुन, न्याय तथा संसदीय मामिला

राजेन्द्रकुमार राई : खानेपानी

हरिप्रसाद उप्रेती : रक्षा 

बलराम अधिकारी :भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

भगवती चौधरी : महिला बालबालिका तथा ज्येष्ठ नागरिक

दामोदर भण्डारी : उद्योग, वाणिज्य तथा आपूर्ति

ज्वालाकुमारी साह : कृषि तथा पशुपन्छी विकास

रास्वपाबाट चार मन्‍त्री

रवि लामिछाने : उपप्रधान तथा गृहमन्त्री

डोलप्रसाद अर्याल : श्रम रोजगार तथा सामाजिक सुरक्षा

विराजभक्त श्रेष्ठ : युवा तथा खेलकुद

सुमना श्रेष्ठ : शिक्षा, विज्ञान तथा प्रविधि 

एकीकृत समाजवादी दुई मन्‍त्री

भानुभक्त जोशी : संघीय मामिला तथा सामान्य प्रशासन

धनबहादुर बुढा : सहरी विकास

undefined

Advertisement