स्वरोजगार लघुवित्तको साधारणसभा फागुन २६ मा, के-के छन् एजेन्डा ?

Advertisement

काठमाडौं । स्वरोजगार लघुवित्तको वार्षिक साधारणसभा यही फागुन २६ गते शनिबार बस्ने भएको छ । सभा नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।

सभामा संस्थाले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेस हुने बताइएको छ ।

Advertisement

त्यस्तै, सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनसमेत गर्नेछ । साथै, गत आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ भने चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा रहेका छन् । 

सभा प्रयोजनार्थ कम्पनीले फागुन १३ गते आइतबार बुक क्लोज गरिसकेको छ । अत ः फागुन १२ सम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा भाग लिन पाउनेछन् । 

Advertisement

Advertisement