सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

Advertisement

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । पछिल्ला तीन कारोबार दिनमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गर्दै आएको छ । आजको मूल्य हालसम्मकै उच्च हो । 

बिहीबार सुनको मूल्य तोलामा एक हजार ५०० रुपियाँले बढेको छ । यस दिन छापावाला सुनको मूल्य एक लाख २५ हजार रुपियाँ र तेजाबी सुनको मूल्य एक लाख २४ हजार ४०० रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

Advertisement

त्यस्तै, चाँदी पनि तोलामा ३० रुपियाँले बढेको छ । 

आज चाँदी प्रतितोला एक हजार ४७० रुपियाँमा कारोबार भइरहेको छ ।

 

Advertisement

Advertisement