खल्ती र गरिमा विकास बैंकबीच डिजिटल भुक्तानीका लागि सम्झौता

Advertisement

काठमाडौं । डिजिटल वालेट, खल्ती र गरिमा विकास बैंक लिमिटेडबीच डिजिटल भुक्तानीका लागि रणनीतिक सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत अब गरिमाका ग्राहकले खल्ती वालेटका विभिन्न सुविधा उपयोग गर्न सक्ने भएका छन् । 

यो साझेदारी सँगै गरिमा विकास बैंकका ग्राहकहरूले बिना झन्झट स्मार्टबैंक एप– गरिमा डिजिटल बटुवा बाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् र आफूलाई आवश्यक पर्ने सेवा खल्ती मार्फत लिन सक्नेछन् । ग्राहकहरूले खल्ती प्रयोग गरि सहजै मुभी, इभेन्टलगायतका टिकट खरिदसँगै बिल भुक्तानी र अरू थुप्रै सुविधाहरूको लाभ उठाउन सक्ने बताइएको छ । 

Advertisement

‘गरिमा विकास बैंकसँगको यो साझेदारीले डिजिटल नेपाल को यात्रामा बलियो योगदान दिने कुरामा हामी विश्वस्त छौं,’ खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने । 

Advertisement